काठमाडौं। विश्वका कोरोना भाइरस संक्रमण घट्न थालेको छ। पछिल्ला तीन दिन यताको तथ्यांक हेर्ने हो भने दैनिक संक्रमणदर घट्दै गएको छ। वल्डोमिटर्सका अनुसार हिजो विश्वमा दुई लाख १२ हजार १४२ जना संक्रमित थपिएका छन्। सोही अवधिमा चार ५२५ जनाको निधन भएको छ। त्यसको अघिल्लो दिन अर्थात् ३१ साउनमा विश्वमा दुई लाख ६० हजार ४०९ जना संक्रमित थपिएका थिए भने पाँच हजार ४१० जनाको मृत्यु भएको थियो।
यसैगरी, ३० साउनमा दुई लाख ८५ हजार ९०२ जना संक्रमित थपिँदा पाँच हजार ९४४ जनाको मृत्यु भएको थियो। अमेरिका र ब्राजिलको तुलनामा भारतमा दैनिक संक्रमणदर धेरै छ। समग्र संक्रमणको अवस्थामा शीर्ष सूचीमा अमेरिका र ब्राजिल छन् भने भारत तेस्रो नम्बरमा छ।
हिजो अमेरिकामा ३६ हजार ७९०, ब्राजिलमा २२ हजार ३६५ र भारतमा ५८ हजार १०८ जना संक्रमित थपिएका छन्। सोही अवधिमा अमेरिकामा ५२२, ब्राजिलमा ५८२ र भारतमा ९६१ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ। अमेरिकामा जम्मा संक्रमितको संख्या ५५ लाख ६६ हजार ५७९ पुगेको छ भने भारत र ब्राजिलमा क्रमशः ३३ लाख ४० हजार १९७ र २६ लाख ४७ हजार ३१६ पुगेको छ।
" /> काठमाडौं। विश्वका कोरोना भाइरस संक्रमण घट्न थालेको छ। पछिल्ला तीन दिन यताको तथ्यांक हेर्ने हो भने दैनिक संक्रमणदर घट्दै गएको छ। वल्डोमिटर्सका अनुसार हिजो विश्वमा दुई लाख १२ हजार १४२ जना संक्रमित थपिएका छन्। सोही अवधिमा चार ५२५ जनाको निधन भएको छ। त्यसको अघिल्लो दिन अर्थात् ३१ साउनमा विश्वमा दुई लाख ६० हजार ४०९ जना संक्रमित थपिएका थिए भने पाँच हजार ४१० जनाको मृत्यु भएको थियो।यसैगरी, ३० साउनमा दुई लाख ८५ हजार ९०२ जना संक्रमित थपिँदा पाँच हजार ९४४ जनाको मृत्यु भएको थियो। अमेरिका र ब्राजिलको तुलनामा भारतमा दैनिक संक्रमणदर धेरै छ। समग्र संक्रमणको अवस्थामा शीर्ष सूचीमा अमेरिका र ब्राजिल छन् भने भारत तेस्रो नम्बरमा छ।

">