कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १०४ पुग्यो
<p>काठमाडौं। कोभिड-१९ बाट नेपालमा मृत्यु हुनेको संख्या १०४ पुगेको छ।</p>
<p>पछिल्लो २४ घण्टामा पर्साका एक पुरुष र मोरङकी एक महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।</p>
<p>प्रदेश १ मा १०, प्रदेश २ मा ४५, बागमती प्रदेशमा १८, गण्डकीमा ६, प्रदेश ५ मा १३, कर्णालीमा ४ र सुदूरपश्चिममा ८ जनाको मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
