चितवन। चितवन मेडिकल कलेजले पीसीआर परीक्षणको अनुमति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले यही मंगलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए। जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन।
भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड-१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित संक्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको थियो।
न्यौपानेका अनुसार नमूना परीक्षणका लागि छ हजार ५० रूपैयाँ शुल्क लिइने छ। कलेजमा राखिएको पीसीआर मेसिनले ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सक्ने न्यौपानेले बताए।
प्रयोगशाला निर्माणमा पाँच करोड ४० लाख खर्च भएको बताइएको छ। रासस
" /> चितवन। चितवन मेडिकल कलेजले पीसीआर परीक्षणको अनुमति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो।कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले यही मंगलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए। जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन।

">