गण्डकी प्रदेशमा कोरोना परीक्षण दर बढ्यो
<p style="text-align: justify;">काठमाडौं। गत २४ घण्टामा गण्डकी प्रदेश, क्षयरोग उपचार केन्द्र, पोखरामा एक हजार २८६ नमूनाको परीक्षण गरिएको छ। </p>
<p style="text-align: justify;">प्रदेशमा हालसम्म २४ घण्टामा भएको नमूना परीक्षणको यो सर्वाधिक परिमाण भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। </p>
<p style="text-align: justify;">अहिलेसम्म गण्डकीमा कूल संक्रमित एक हजार ७१९ पुगेको छ। यहाँ एक हजार ५२० जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। </p>
<p style="text-align: justify;">त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत २४ घन्टामा ५२ नमूना परीक्षण गरिएको छ। </p>