कैलाली। धनगढी स्थित बि पोलिटेक्निक ईन्स्टिच्युट (बिपीआई) मा सञ्चालित महिला आइसोलेसन तथा होल्डिङ्ग सेन्टरबाट गर्भवतीसहित १० महिला कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
नेपालकै पहिलो महिला मैत्री आइसोलेसन तथा होल्डिङ्ग सेन्टरमा रहेका ११ जना महिलामध्ये १० जनाको कोभिड-१९ नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो।
बिपीआईकी सन्चालिका हिरा भण्डारीले आइसोलेसनमा आउनेहरु शुरूमा केही अप्ठ्यारो महशुस गरेपनि बिस्तारै घुलमिल हुँदै गएपछि रमाउने गरेको बताइन्।
डिस्चार्ज भएका महिलाहरूले आइसोलेसनममा बस्दा आफूहरूलाई रेखदेख, खानपानलगायतका सुविधामा भरपुर सुविधा पाएको भन्दै खुशी जनाए।
घर फर्कँदा उनीहरूलाई कोसेली स्वरूप हाइजिन प्याकसँगै स्वास्थ्य सामाग्री दिइएको थियो।
धनगढी उपमहानगरपालिकाले संचालन गरेको महिला होल्डिङ्ग तथा आइसोलेसन सेन्टरलाई युएनडीपी, डब्ल्युएफपी, युनिसेफ, युएनएफपिय, केयर नेपाल, नेपाल रेडक्रस, ह्युमानिटि फाउन्डेसन, धनगढी जेसिज लगायतका संघ सस्थाहरुले स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग गरिरहेको धनगढी उपमहानगरपालिकाका कोभिड-१९ संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले बताए।
" /> कैलाली। धनगढी स्थित बि पोलिटेक्निक ईन्स्टिच्युट (बिपीआई) मा सञ्चालित महिला आइसोलेसन तथा होल्डिङ्ग सेन्टरबाट गर्भवतीसहित १० महिला कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।नेपालकै पहिलो महिला मैत्री आइसोलेसन तथा होल्डिङ्ग सेन्टरमा रहेका ११ जना महिलामध्ये १० जनाको कोभिड-१९ नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो।

">