गर्भवतीसहित १० महिला कोरोना संक्रमणमुक्त भई घर फिरे <p>कैलाली। कैलालीमा एक गर्भवतीसहित १० महिला कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन्।</p> <p>उनीहरू धनगढीस्थित बी पोलिटेक्निक इन्स्टिच्युट (बीपीआई)को महिला आइसोलेसन तथा होल्डिङ सेन्टरमा थिए।</p> <p>सेन्टरमा रहेका ११ महिलामध्ये १० जनाको कोभिड+१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।</p> <p>बिदाइका क्रममा सबैलाई हाइजिन प्याकसँगै स्वास्थ्य सामग्री दिइएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्