बूढानीलकण्ठमा पाँचजना भन्दा बढी भेला हुन प्रतिबन्ध

काठमाडाैं। बूढानीलकण्ठ नगरपालिका-१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ।

केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको भन्दै साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो।

त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउन एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप क्लब क्षेत्रमा ठेलागाडा व्यापार, व्यवसाय फुटपाथ व्यापार गर्न र भेला हुन निषेध गरिएको वडाध्यक्ष नवराज भट्टराईले बताए।

समितिले बूढानीलकण्ठ नगरपालिकाले कोरोना रोकथामका लागि निकालेको सूचना पालना गराउन वडालाई आग्रहसमेत गरेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्