तनहुँको भानु नगरपालिकाका २३ जना समुदायका व्यक्तिमा कोरोना

काठमाडाैं। तनहुँको भानु नगरपालिकामा दुई जना समुदायका थप व्यक्तिमा कोरोना पुष्टि भएको छ। भानु नगरपालिका-२ का ३० र भानु नगरपालिका-४ का ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमध्ये एक जना जनप्रतिनिधि र अर्का निर्माण व्यवसायी रहेको बुझिएको छ।

भानु नगरपालिका-१ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङबाट १२२ जनाको स्वाब परीक्षण गरेको थियो।

त्यसमध्ये शुक्रबार भानु नगरपालिका-१ का २० जनामा कोरोना पुष्टि भएको थियो। भानु नगरपालिकामा समुदायका २३ जनामा कोरोना सङ्क्रमण भएको छ।

शुक्रबार भानु नगरपालिका-१ का २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८, ३५ वर्षीय पुरुष र ५, ३१, २८, ३०, ५६ र ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।

भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार कोरोना सङ्क्रमित हुनेमा प्रहरी, कर्मचारी, मासु व्यवसायी, वर्कसपका कामदार, स्थानीयवासी लगायत छन्।

शुक्रबार कोरोना पुष्टि भएकालाई शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा राखिएको छ।

नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरपालिका पनि महामारीको चपेटामा पर्न सक्ने भएकाले थप सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्