त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, दुई डाक्टर आईसीयूमा

काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका थप आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ।

डाक्टर, नर्स तथा कर्मचारी गरी आठजनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो।

यसअघि २८ साउनमा ६ जनाको रिपोर्ट पोजिटिभ आएको थियो।

अहिलेसम्म अस्पतालका २६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्तकुमार दासले जानकारी दिए। उनीहरूमध्ये १४ जना सक्रिय संक्रमित हुन्।

इमर्जेन्सी वार्डका करिब १०० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ।

उनीहरूको रिपोर्ट आउने क्रम जारी रहेको भन्दै रिपोर्ट नआइसक्दासम्म इमर्जेन्सी वार्ड बन्द रहने डा. दासको भनाइ छ।

रिपोर्ट आउन बाँकी रहेकाहरूलाई होम क्वारेन्टिनमा राखिएको छ।

संक्रमितलाई आइसोलेनमा राखिएको छ। इमर्जेन्सी वार्ड बन्द गरिए पनि अन्य सेवाहरू भने जारी रहेको डा. दासले जानकारी दिए।

दुई चिकित्सक आईसीयूमा

अस्पतालमा दुईजना कोरोना संक्रमित चिकित्सकको आईसीयूमा राखेर उपचार भइरहेको छ।

डा. दासका अनुसार एकजना वीर अस्पताल र एकजना विराटनगरको नोबेल हस्पिटलका हुन्।

स्वास्थ्य अवस्था गम्भीर देखिएपछि एकजनालाई गत शनिबार र अर्कालाई मंगलबार अस्पताल भर्ना गरिएको थियो।

दुवैजनाको स्वास्थ्य अवस्था स्थिर रहेको डा. दासले बताए।

प्रतिक्रिया दिनुहोस्