काठमाडौं। कोरोना संक्रमित विरामीहरू बढ्दै जाँदा काठमाडौं उपत्यका लगायत घनाबस्ती भएका स्थानका अस्पतालहरूमा शय्याको अभाव देखिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा काठमाडौं लगायत घनाबस्ती भएका सहरी क्षेत्रका अस्पतालहरूमा शय्या अभाव भएको जानकारी दिइएको हो।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शय्या अभाव भएपछि निजी क्षेत्रका अस्पतालहरूलाई समेत कोरोना संक्रमितहरूका लागि २० प्रतिशत शय्या छुट्टयाएर राख्न भनिएको छ।
त्यस्तै कुनै पनि अस्पतालमा उपचाररत विरामीमा कोरोना संक्रमण भएको पाइए हव अस्पतालसँग संयोजनमा सोही अस्पतालमा उपचार नियमित गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ। कोरोना संक्रमितलाई अर्को अस्पतालमा रेफर गर्नै पर्ने भएमा हव अस्पतालसँग समन्वय गरी स्वास्थ्य मन्त्रालको निर्देशन प्रप्त भएपछि मात्र गर्न मन्त्रालयले भनेको छ।
" /> काठमाडौं। कोरोना संक्रमित विरामीहरू बढ्दै जाँदा काठमाडौं उपत्यका लगायत घनाबस्ती भएका स्थानका अस्पतालहरूमा शय्याको अभाव देखिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा काठमाडौं लगायत घनाबस्ती भएका सहरी क्षेत्रका अस्पतालहरूमा शय्या अभाव भएको जानकारी दिइएको हो।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शय्या अभाव भएपछि निजी क्षेत्रका अस्पतालहरूलाई समेत कोरोना संक्रमितहरूका लागि २० प्रतिशत शय्या छुट्टयाएर राख्न भनिएको छ।

">