कोभिड-१९ बाट ९९ जनाको मृत्यु, कुन प्रदेशमा कति ?
<p>काठमाडौं। नेपालमा कोभिड–१९ बाट हालसम्म ९९ जनाको मृत्यु भएको छ।</p>
<p>पछिल्लो २४ घण्टामा चारजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
<p>मन्त्रालयका अनुसार मोरङ र सिराहामा एक/एकजना पुरुषको मृत्यु भएको छ भने बारामा दुई पुरुषको मृत्यु भएको हो।</p>
<p>प्रदेश १ मा ९ जना पुरुष, प्रदेश २ मा ३१ पुरुष, ११ महिला, बागमती प्रदेशमा १३ पुरुष, ५ महिला, गण्डकी प्रदेशमा ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष ३ महिला, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्चिममा ५ पुरुष, ३ महिलाको मृत्यु भएको मन्त्रालयको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्
