काठमाडौं। म्युजिक भिडिओका छायांकनको काम निरन्तर चलिरहेको छ। कोरोना महामारीको प्रवाह नगरी कलाकारहरू म्युजिक भिडिओ निर्माणमा जुटेका हुन्।
नजिकिदैं गरेको तीजलाई लक्षित गरेर कलाकारहरू धमाधम गीत निकालिरहेका छन्। त्यसका लागि गीतकार, संगीतकार, गायक/गायिकादेखि मोडलहरूले काम पाएका छन्। आजकल उनीहरूको व्यस्तता निकै बढेको छ।
जबकी सरकारले अर्को सूचना जारी नभएसम्मका लागि छायांकनमा रोक लगाएको छ। महामारीको जोखिमलाई मध्यनजर गर्दै बढी भीडभाड हुने कार्य गर्न प्रतिबन्ध छ।
तर, कलाकारहरूले उक्त अनुरोधलाई बेवास्ता गर्दै धमाधम गीत सार्वजनिक गरिरहेका छन्। साउनसम्ममा लगभग ३०० को हाराहारीमा तीज गीत सार्वजनिक भए। तीमध्ये धेरै जसोमा धेरै कलाकारलाई सहभागी गराइएको छ।
म्युजिक भिडिओ निर्देशक शंकर बीसीले ३० भन्दा बढी भिडिओमा काम गरिसकेका छन्। यो वर्षको तीज गीतका लागि उनले अभिनय तथा नृत्य निर्देशन गरेका हुन्।
के तपाईंहरूको भिडिओको छायांकनका क्रममा कोरोना लाग्दैन ? भन्ने प्रश्नमा बिसी भन्छन्, “महामारीको जोखिम कम भएका बेला छायांकन गरेका थियौं। अहिले भने बन्द गरिसक्यौं।”

यसरी छायांकनमा जाँदा कोरोना नसर्ने भन्ने कुरा नभए पनि सावधानी अपनाएर काम गरिएको उनको भनाइ छ।
“छायांकनका क्रममा हातमा सेनिटाइजर लगाउने, सकेसम्म भौतिक दूरी कायम गर्ने, मास्क लगाउने काम भएको थियो। सकेसम्म जोखिम कम हुनेगरी छायांकन गरेका थियौं।” उनले भने।
नृत्य तथा अभिनय गर्दा पनि के मास्क नै लगाएर नाच्नु भएको थियो भन्ने प्रश्नमा उनले सधै त्यो सम्भव नभएको प्रतिक्रिया दिए।
सरकारले २५ जना बढी मानिसहरू एक ठाउँमा भेला हुन रोक लगाएको छ। जवकी म्युजिक भिडिओको छायांकनका क्रममा त्यति धेरैको संख्यामा नपुग्ने कलाकारहरूको दाबी छ। तर, सरकारले चलचित्र तथा म्युजिक भिडिओको छायांकन भने किटान गरेरै रोकेको थियो।
मोडल अञ्जली अधिकारीले यो वर्षको तीजका लागि तीन दर्जन बढी म्युजिक भिडिओमा अभिनय गरेकी छिन्। उनी जेठ अन्तिम सातादेखि नै म्युजिक भिडिओको छायांकनमा व्यस्त छिन्। धेरैको रोजाईमा पर्न सफल मोडल अञ्जलीले सावधानी अपनाएरै छायांकनमा जाने गरेको बताईन्।
कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र ठप्प रहेका बेला गीत संगीत क्षेत्रमा भने धमाधम म्युजिक भिडिओ सार्वजनिक भइरहेका छन्। गायक बद्री पंगेनीले आफूले महामारीको जोखिम कम भएका बेला छायांकन गरेको बताए।
“मेरो भिडिओ छायांकन गर्दा नेपालमा कोरोनाको जोखिम कम थियो। त्यही मौकामा सावधानी अपनाएरै काम गरेका थियौं।” उनले भने, “अहिले संक्रमित बढिरहेका छन्। यस्तो अवस्थामा सबैले काम बन्द गराउनुपर्छ। तर, कसैले गरेका छैनन्। यसरी जोखिम बढ्छ।”

यसरी महामारीलाई बेवास्था गर्दा गम्भीर परिणाम भोग्नुपर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश विजी बताउँछन्। “हामीले पटक-पटक छायांकन नगर्न अनुरोध गर्दै आएका छौं। कसैले सुनेका छैनन्। यसको परिणाम गम्भीर आउन सक्छ।” उनले भने।
फ्रिलाइन्स राइटर दुर्गा पंगेनीले यसको नियमनकारी निकाय नहुँदा समस्या भएको बताए। “उनीहरूले धमाधम काम गरिरहेका छन्। कसैले टेरेका छैनन्। राज्य संयन्त्र नै कमजोर भएपछि कसले नियमन गर्ने?” उनले प्रश्न गरे।
जनस्वास्थ्यविद् डा. राजकुमार महतोले छायांकनका क्रममा सावधानी अपनाउन नसकिने भन्दै यसले जोखिम निम्त्याउने बताए।
“भिडिओको छायांकनका क्रममा सावधानी अपनाउँनै सकिदैंन्। यसको जोखिमबाट बच्ने उपाय भनेको या छायांकन नै नगर्ने, गर्नैपरेको खण्डमा कम भन्दा कम कलाकार सहभागी गराउने।” डा. महतोले भने।