पाल्पामा पहिलो पटक समुदायमा कोरोना
<p>काठमाडाैं। पाल्पामा पहिलो पटक समुदायमा कोरोना सङक्रमण फेलिएको छ। तानसेन नगरपालिका-४ का ४० वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।</p>
<p>कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार लुम्बिनी मेडिकल कलेज तानसेन प्रभाषमा आफन्तको उपचारका निम्ति पुगेकी महिलालाई पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। </p>
<p>महिलासँगै रहेका श्रीमान्‍को भने रिपोर्ट नेगेटिभ आएको छ। बिरामीलाई थप उपचारका लागि काठमाडौ‌ लैजानका लागि प्रक्रिया मिलाउने क्रममा पीसीआर परीक्षण गर्दा आज सङ्क्रमण भएको रिपोर्ट आएको हो।</p>
<p>यहाँ सङ्क्रमितको सङ्ख्या ५६३ पुगेको छ भने ५६० जना कोरोना निको भएर घर फर्किएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
