चार जना बैंकका कर्मचारीमा कोरोना

काठमाडाैं। बर्दियामा चार जना बैंकका कर्मचारीसहित आठ जनामा कोरोना भाइरसको सङ्क्रमित थपिएका छन्।

भेरी अस्पताल नेपालगञ्जले दिएको विवरणअनुसार बाँसगढी नगरपालिका-५ का तीन जना वडा नम्बर ८ का दुई जना र वीरेन्द्रनगर सुर्खेत घर भएका तीन जनामा कोरोना पुष्टि भएको हो।

तीमध्ये एकजना महिला र सुर्खेत घर भएका तीन जना बैंकका कर्मचारी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताए।

योसँगै बर्दियामा कोरोना सङ्क्रमितको सङ्ख्या २७७ पुगेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्