विश्वभर २ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिए <p>काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७१ हजार २६४ कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। वर्ल्डोमिटरको तथ्याङ्कअनुसार भारतमा सर्वाधिक ६४ हजार १४२ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै ब्राजिलमा ५९ हजार १४७ र अमेरिकामा ५४ हजार १४१ जनामा नयाँ संक्रमिण थपिएका छन्।</p> <p>त्यस्तै पछिल्ल्लो २४ घण्टामा विश्वभर ६ हजार ३०२ जनाको मृत्यु भएको छ। ब्राजिलमा सर्वाधिक १ हजार ३०१, अमेरिकामा १ हजार २२९ र भारतमा १ हजार ६ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन्।</p> <p>बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा हालसम्म कोरोनाका कारण ९५ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म २४ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ भने १६ हजार ८ सय ३७ जना निको भएका छन्।&nbsp;</p> <p>बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५२५ नयाँ संक्रमित थपिएको र ४ जनाको मृत्यु भएको जानकारी दिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्