काठमाडौं। दिनदिनै कोरोना भाइरसका संक्रमितहरू बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन थप भएको छ।
महानगरपालिकाको कोभिड-१९ क्राईसिस मेनेजमेन्ट समितिको हिजोको बैठकले ५ भदौसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो। यसअघि १६ साउनदेखि आजसम्मलाई लकडाउन गरिएको थियो।
मेयर भीम पराजुलीका अनुसार कोरोनाको बढ्दो जोखिमलाई ध्यान दिएर तत्कालको लागि एक साता लकडाउन थप गरिने भएको हो। अत्यावश्यक बाहेकका सबै सेवा सो अवधिमा बन्द रहने पराजुलीले बताए।
संक्रमित धेरै देखिएको क्षेत्रलाई सिल गर्ने र कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणको दायरा बढाउने पनि उनले जानकारी दिए।
विराटनगरमा हिजोसम्म ४१५ जनामा संक्रमण देखिएको छ। जसमध्ये ५ जनाको मृत्यु भएको छ। ६९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
" /> काठमाडौं। दिनदिनै कोरोना भाइरसका संक्रमितहरू बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन थप भएको छ।महानगरपालिकाको कोभिड-१९ क्राईसिस मेनेजमेन्ट समितिको हिजोको बैठकले ५ भदौसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो। यसअघि १६ साउनदेखि आजसम्मलाई लकडाउन गरिएको थियो।

">