विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या साढे ७ लाख नाघ्यो
काठमाडौं। कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख ५२ हजार ७०८ पुगेको छ। वर्ल्डोमिटरको तथ्याङ्कअनुसार विश्वभरका २ करोड १० लाख ६८ हजार ८ सय संक्रमितमध्ये साढे सात लाखको मृत्यु भएको छ।

त्यस्तै, हालसम्म १ करोड ३८ लाख ९५ हजार ४५६ जना पूर्ण रूपमा निको भएका छन्।

अमेरिकामा हालसम्म कै सर्वाधिक १ लाख ७० हजार ३६० जनाको मृत्यु भएको छ। त्यस्तै दोस्रो स्थानको ब्राजिलका १ लाख ५ हजार ५६४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।

तेस्रो सर्वाधिक मृत्यु हुने छिमेकी देश भारतमा हालसम्म ४८ हजार १४४ जनाको कोरोना भाइरसले ज्यान लिएको छ।

अमेरिकामा देखिएका ५४ लाख १४ हजार ४४३ जना संक्रमितमध्ये २८ लाख ३ हजार २९० जना निको भएका छन्।

त्यस्तै ब्राजिलमा हालसम्म ३२ लाख २९ हजार ६२१ जनामा संक्रमण पुष्टि भएको छ भने २ लाख ५६ हजार ६४० निको भएका छन्।

२४ लाख ५९ हजार ६१३ जना भारतीय संक्रमितमध्ये १७ लाख ५० हजार निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्