संक्रमितको शवबाट सर्दैन कोरोना

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत शरीरबाट कोरोना भाइरसको नसर्ने बताएको छ।

शवले हाछ्युँ नगर्ने र श्वास पनि नफेर्ने भएकाले सङ्क्रमण नसर्ने मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले बताए।

"यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र सङ्क्रमण सर्ने उनको भनाइ छ। अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ," उनले भने, "परिवार र शुभेच्छुक कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न भने पाइँदैन।"

उनले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि अनुरोध गरेका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्