काठमाडौं। जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले नेपालमा कोरोना संक्रमणको अवस्था भयावह बन्न सक्ने भन्दै सचेत रहन सबैलाइ आग्रह गरेका छन्। आज देखापढीसँग कुरा गर्दै पाण्डले भने, “हामीले दुई जनामा कोरोना देखिँदा जनतालाई डराउनु हुन्न भन्यौ तर अब टोल टोलमा अर्थात सामुदाय स्तरमा कोरोना फैलिसकेको छ। त्यसकारण अब त्रसित नभइ सचेत हुनु पर्ने अबस्था आएको छ।”
पछिल्लो समय लक्षण देखिने कोरोना संक्रमितको सख्या बढ्नु आफैमा खतराको संकेत भएको डाक्टर पाण्डेको भनाइ छ। उनका अनुसार नेपालमा जम्मा ९ सय भेण्टीलेटर र २ हजार ७ सय मात्र आईसीयू छन्। भोलि अवस्था के हुनसक्छ यसैबाट अनुमान लगाउन सकिने उनले जनाए।
‘मलाई के हुन्छ र ? कोरोना त अरु अरुलाई लागेको हो’ भन्ने मानसिकताका कारण कोरोना संक्रमण बढीरहेको पाण्डेको बुझाइ छ। नेताहरु पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको उनले बताए।
भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुमा कोरोना देखिनुले अब नेताहरु कोरोना संक्रमणको जोखिम नजिक पुगेको पाण्डेको तर्क छ। अख्तियार प्रमुखलाइ समेत कोरोना संक्रमण पुष्टि भइसकेको अबस्थामा सरकारले रेड जोन, एल्लो जोन र ग्रिन जोन घोषणा गरी पूर्ण लकडाउनदेखि नियमित दिनचर्याका लागि आवश्यक तयारी गर्न ढिला गर्न नहुने पाण्डे बताउँछन्।
सरकारले कोरोना सक्रमण विरुद्धको अभियानलाई सक्रिय बनाउन विगतमा घोषणा गरेका प्याकेजहरु लागु गरि स्वास्थ्यकर्मी, सुरक्षा कर्मी र सञ्चारकर्मी तथा जो जो यो अभियानमा खटिएका छन उनीहरुलाइ सम्बोधन गर्नु पर्ने उनले जनाए।
नजिकिँदै गरेको तीज र दर खुवाउने चलनलाई हरेक नेपालीले यस पटक परिवारका सदस्यमा सीमित राख्नु पर्नेमा जोड दिँदै डाक्टर पाण्डेले स्वास्थ्यमा गडबडी हुने प्रकारका खाना खानु अहिले कोरोना संक्रमण नजिक जानु सरह भएको बताए।
बन्द कोठा र भीडभाड हुने ठाँउमा हावाबाट समेत कोरोना सर्न सक्ने सम्भावना रहने उनले जनाए। नेपालको स्वास्थ्य मन्त्रालयको गाइडलाइनमा दुई हजारभन्दा बढी संक्रमित भए स्वास्थ्य संकटकाल लगाउन सक्ने व्यवस्था रहेको जनाउँदै उनले अब सरकारले तत्काल स्वास्थ्य संकटकाल लगाउनु पर्नेमा जोड दिए।