आजदेखि बुटवलमा लकडाउन
काठमाडाैं। बुटवल उपमहानगर क्षेत्रभित्र आजदेखि बन्दाबन्दी गरिने भएको छ। बुटवल उपमहानगरको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो।

सो निर्णय आज राति ११:४५ बजेदेखि भदौ ५ गते ११:४५ बजेसम्म लागू हुने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए।

अनुसार बुटवलभित्रका खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म मात्रै खुल्न पाउनेछन्। दूध उद्योग बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुल्न पाउने उपमहानगरपालिकाले जनाएको छ।

लकडाउनपछि सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइने र तरकारी बोक्ने गाडी पनि परिचयपत्र बोकेर मात्रै सञ्चालन गर्न पाइने छ। उपमहानगरपालिकाले होटल तथा रेष्टुरेन्ट पनि बन्द गर्न निर्देशन दिएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्