कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन जना प्रहरीमा आज कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा तीन जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप श्रेष्ठले ४२/४२ बर्षका एक/एक जना र ४४ बर्षीय एकजना प्रहरीमा कोरोना देखिएको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले २० जना प्रहरीको परीक्षण गरिएकोमा तीन जनामा संक्रमण देखिएको पुष्टि गरे। संक्रमण पुष्टि भएका प्रहरी अहिले आईसोलेसनमा रहेको प्रबक्ता बिष्टले बताए ।
" /> कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत तीन जना प्रहरीमा आज कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा तीन जना प्रहरीमा संक्रमण पुष्टि भएको हो।सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप श्रेष्ठले ४२/४२ बर्षका एक/एक जना र ४४ बर्षीय एकजना प्रहरीमा कोरोना देखिएको बताए ।

">