कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

काठमाडौं। कोरोना भाइरसका कारण नेपालमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार महोत्तरी मटिहानीका ४५ वर्षीय एक पुरुषको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनी मधुमेह तथा क्षयरोगका बिरामी थिए।

त्यस्तै, धनुषाको ढल्केबरका ८५ वर्षीय महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ।

अछामको रामारोशन गाउँपालिका १८ वर्षीय पुरुषको पाटन अस्पताल ललितपुरमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। उनी मुटुरोगका रोगी थिए।

मोरङको विराटनगरका ५७ वर्षीय पुरुषको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। उनी मधुमेह तथा उच्चरक्तचापको बिरामी थिए।

हालसम्म देशभर ९५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। प्रदेश नं. २ मा २८ पुरुष र ११ महिला गरी सबैभन्दा धेरै ३९ जनाको मृत्यु भएको छ।

त्यस्तै, प्रदेश १ मा ८ जना पुरुष, बाग्मति प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेशमा ६ जना पुरुष, प्रदेश नं ५ मा ९ पुरुष र ३ महिलाको कोरोना भाइरस कै कारण ज्यान गएको छ।

त्यस्तै कर्णाली प्रदेशमा ४ जना पुरुष र सुदूरपश्चिम प्रदेशका ५ पुरुष र ३ महिला गरी जम्मा ८ जनाको मृत्यु भएको छ।

देशभरको तथ्याङ्क हेर्दा ७३ पुरुष र २२ जना महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्