थप ५२५ जनामा कोरोना संक्रमण

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५२५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८८३ पीसीआर परीक्षण मध्ये सो संख्यामा संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्।

हालसम्म १६ हजार ८३७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्