काठमाडौं। सुनसरीको इटहरीमा आज १३ जना कोरोना संक्रमित थपिएका छन्।
संक्रमण बढ्दै गएपछि इटहरी उपमहानगरले विभिन्न वडा, समुदायमा केही दिनअघि गरेको थ्रोट स्वाब नमूना परीक्षणमध्ये १३ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो।
आज पुष्टि भएका नयाँ संक्रमितहरूमा इटहरी उपमहानगरपालिकाका विभिन्न वडाका १० पुरुष र ३ महिला रहेको इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख रामकुमार धमलाले जानकारी दिए।
संक्रमितमध्ये उपमहानगरपालिकामा कार्यरत एक कर्मचारी र इलाका प्रहरी कार्यालय इटहरीका एकजना प्रहरी रहेको बताइएको छ।
यो सँगै इटहरी उपमहानगरपालिकामा अहिलेसम्म ४५ जनामा संक्रमण देखिएको छ।
" /> काठमाडौं। सुनसरीको इटहरीमा आज १३ जना कोरोना संक्रमित थपिएका छन्।संक्रमण बढ्दै गएपछि इटहरी उपमहानगरले विभिन्न वडा, समुदायमा केही दिनअघि गरेको थ्रोट स्वाब नमूना परीक्षणमध्ये १३ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो।

">