काठमाडौं। डिप्रेसनका बिरामी जाँच्ने मनोचिकित्सकलाई मानसिक समस्या हुन्छ ? के कुनै मनोविज्ञलाई मानसिक समस्या हुन सक्छ र ? यस्तो प्रश्नले बारम्बार पछ्याइरहन सक्छ।

त्यसो भए उत्तर के त ? मनोविज्ञलाई मानसिक समस्या हुन सक्छ कि कहिल्यै हुँदैन ?

पक्कै हुन्छ। हुन सक्छ।

“मनोचिकित्सक र मनोविज्ञहरू पनि विभिन्न समयमा मानसिक समस्याबाट गुज्रिइरहेका हुन्छन्। काठमाडौं उपत्यकामा पनि केही मनोचिकित्सकहरूले मानसिक समस्या भोगिरहेका छन्,” मनोविश्लेषक बासु आचार्य भन्छन्।

तीनकुनेस्थित मनोपरामर्श केन्द्रमा आचार्यले नै तीनजना मनोचिकित्सकलाई परामर्श दिएको बताए।

“मनोचिकित्सक र मनोविज्ञलाई मानसिक समस्या हुन सक्ने सम्भावना धेरै हुन्छ। यसबारे थुप्रै अध्ययन पनि भएका छन्”, उनले देखापढीसँग भने, “मनोविज्ञ वा मनोचिकित्सकहरू बिरामीबारे धेरै चिन्ता लिँदा, बिरामीको विषयमा धेरै केन्द्रित हुँदा मानसिक समस्यामा पर्ने गर्छन्।”

मनोचिकित्सकले सामान्यतः दिनमा तीन देखि पाँचजना मानसिक रोगीलाई जाँच गर्नुपर्छ। तर, कसैले भने एक दिनमा २० जना मानसिक रोगीलाई समेत जाँच्ने  गर्छन्। जसले गर्दा चिकित्सक आफैंमा समस्या आउन सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।

“मैले दिनमा कतिजना बिरामी जाँच्न सक्छु भन्ने बुझेर आफ्नो क्षमताअनुसार तयारी गर्नुपर्ने हुन्छ”, मनोविश्लेषक आचार्य भन्छन्, “मनोविज्ञलाई बढीजसो डिप्रेसन, एन्जाइटी, मनस्थिति बिग्रने, रिस उठ्ने जस्ता समस्या आउने गर्छ।”

एउटा मानसिक रोगीलाई चिकित्सकले ३० देखि ४५ मिनेट समय दिन्छन्। त्यो समयमा चिकित्सकले बिरामीको मानसिक समस्याको पहिचान गर्छन्। सामाजिक, आर्थिक, वातावरण बुझेर के कारणले मानसिक समस्या आयो ? भन्ने निर्क्यौल गरेर परामर्श दिने गर्छन्।

डिलुजन(भ्रम) र पर्सन्यालिटी डिस्अर्डरका बिरामीलाई परामर्श दिँदा मनोविज्ञहरूलाई अप्ठ्यारो पर्ने गरेको आचार्यको भनाइ छ। “मनोविज्ञानलाई राम्रोसँग बुझ्न नसक्दा र सोच्न नजान्दा चिकित्सकलाई पनि मनोपीडा हुन्छ”, उनले थपे।

कतिपय चिकित्सकलाई बिरामी नआइदिए हुन्थ्यो भन्ने लाग्न थाल्छ। बिरामीसँग रिसाउने, झर्किने गर्न थाल्छन्। यस्तो लक्षण देखिँदा मानसिक समस्या भएको बुझ्नुपर्ने उनको भनाइ छ।

“मनोचिकित्सकले बिरामीको पीडालाई आफ्नो ठान्नु हुँदैन। बिरामीप्रति होइन, विषयप्रति सिरियस हुनुपर्छ”, उनले भने, “बिरामीलाई जाँच गरेपछि आउने परिणाम नआए त्यो विषयलाई छोडिदिने गर्नुपर्छ।”

आचार्यले मनोचिकित्सक बहकिनु नहुने बताउँदै समस्यालाई बुझ्ने प्रयत्न गर्नुपर्नेमा जोड दिए। “मनोविज्ञान त एउटा विज्ञान हो। यदि आफूलाई सम्हाल्न सकेन भने समस्या बढ्दै जान्छ। आफूले जानेको वा सिकेको कुरालाई आफैंमाथि प्रयोग गर्दा सजिलो हुन्छ”, उनले भने “आफूलाई धेरै अप्ठेरोमा परेको अनुभव हुन थाले मनोविज्ञान क्षेत्र नै छोड्नुपर्छ।”

" /> काठमाडौं। डिप्रेसनका बिरामी जाँच्ने मनोचिकित्सकलाई मानसिक समस्या हुन्छ ? के कुनै मनोविज्ञलाई मानसिक समस्या हुन सक्छ र ? यस्तो प्रश्नले बारम्बार पछ्याइरहन सक्छ।

"> डिप्रेसनका बिरामी जाँच्ने चिकित्सकलाई नै मानसिक समस्या ! (भिडिओसहित): Dekhapadhi
डिप्रेसनका बिरामी जाँच्ने चिकित्सकलाई नै मानसिक समस्या ! (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्