काठमाडौं। एट्लेटिको मड्रिडले बिहीबार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आरबी लाइपजिगविरुद्ध खेल्नुअघि कोरोना भाइरस परीक्षण पोजिटिभ देखिएको दुई खेलाडीको नाम सार्वजनिक गरेको छ।
फरवार्ड एन्जेल कोरेया र रक्षक साइम भ्रसालजेको कोरोना भाइरस संक्रमित भएको एट्लेटिकोले जनाएको छ। दुवैजना आफ्नै घरमा आइसोलेसनमा बसेका छन्। दुवैले प्रतियोगिताका बाँकी खेल गुमाउने छन्।
बाँकी खेलाडी तथा कर्मचारी सबैको नतिजा नेगेटिभ आएको क्लबले जनाएको छ। दुई खेलाडी सोमबार नै संक्रमित भएको पुष्टि भए पनि क्लबले नाम सार्वजनिक गरेको थिएन।
एट्लेटिकोले अन्तिम चारमा प्रवेशका लागि बिहीबार राति जर्मन क्लब आरबी लाइपजिगविरुद्ध खेल्नेछ।
कोभिड-१९ महामारीका कारण च्याम्पियन्स लिगका सबै खेल पोर्चुगलको लिस्वनमा हुन लागेको छ। एउटा लेगमात्र हुने प्रतियोगिताका बाँकी सबै खेल खाली रंगशालामा खेलाइनेछ।
" /> काठमाडौं। एट्लेटिको मड्रिडले बिहीबार च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा आरबी लाइपजिगविरुद्ध खेल्नुअघि कोरोना भाइरस परीक्षण पोजिटिभ देखिएको दुई खेलाडीको नाम सार्वजनिक गरेको छ।फरवार्ड एन्जेल कोरेया र रक्षक साइम भ्रसालजेको कोरोना भाइरस संक्रमित भएको एट्लेटिकोले जनाएको छ। दुवैजना आफ्नै घरमा आइसोलेसनमा बसेका छन्। दुवैले प्रतियोगिताका बाँकी खेल गुमाउने छन्।

">