काठमाडौं। कोरोना संक्रमणको कारण पछिल्लो एक सातामा ३१ जनाको निधन भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको तथ्यांकअनुसार साउन २२ यता मात्रै ३१ जनाले कोभिड-१९ को कारण ज्यान गुमाएका छन्।
त्यसयता आज सबैभन्दा धैरैको कोराना संक्रमणको कारण मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा मात्रै कोराना संक्रमणको कारण आठजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।
साउन १५ गतेसम्म कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको थियो। त्यसयताको १३ दिनमा मात्रै ३९ जनाले कोरोनाकै कारण ज्यान गुमाए। पछिल्लो १३ दिनको औसत दैनिक तीनजनाले कोराना संक्रमणबाट ज्यान गुमाइरहेका छन्।
सरकारले साउन ६ गतेबाट देशव्यापी लकडाउन खुल्ला गरेको थियो। त्यसबेलासम्म कोराना संक्रमणबाट ४२ जनाको मृत्यु भएको थियो। लकडाउन खुलेयता मात्रै ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ। पछिल्लो २१ दिनमा मात्रै ५१ जनाले कोरोनाका कारण जीवन गुमाएका हुन्।
आज मृत्यु हुने कहाँका कतिजना ?
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेमा काठमाडौं, धादिङ, धनुषा, सप्तरी, मोरङ, कपिलवस्तु र बारा जिल्लाका बासिन्दा छन्।
स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङमा दिइएको जानकारीअनुसार, काठमाडौं टेकू बस्ने ७८ वर्षीया महिलाको किस्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ।
त्यसैगरी ह्याम्स अस्पतालमा उपचाररत रहेका धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्बर १४ का ३२ वर्षीय पुरूषको पनि गए राति निधन भएको छ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका-१ का ७१ वर्षीय पुरूषको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।
जनकपुर उपमहानगरपालिका-३ का ३८ वर्षीय महिलाको ललितपुरको पाटन अस्पतालमा आज निधन भएको गौतमले बताए।
त्यसैगरी सप्तरी जिल्लाका ५५ वर्षीय पुरूषको पनि कोरोना संक्रमणकै कारण आज निधन भएको स्वास्थ्य मन्त्रालयले बताएको छ।
उता, धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङ जिल्लाको बुढीगङ्गा गाउँपालिकाका ५५ वर्षीय पुरूषको पनि आजै निधन भएको छ।
कपिलवस्तु नगरपालिका-२, तौलिहवाका ४२ वर्षीय पुरूषको बुटवल कोरोना विशेष अस्पतालमा आज निधन भएको गौतमले बताए।
त्यसैगरी, बारा जिल्ला कलैया नगरपालिका ७५ वर्षीय पुरूषको ललितपुरस्थित किष्ट मेडिकल कलेजमा निधन भएको गौतमले बताए।
" /> काठमाडौं। कोरोना संक्रमणको कारण पछिल्लो एक सातामा ३१ जनाको निधन भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको तथ्यांकअनुसार साउन २२ यता मात्रै ३१ जनाले कोभिड-१९ को कारण ज्यान गुमाएका छन्।

">