काठमाडौं। कोरोना संक्रमणबाट एकै दिन पाँच जनाको मृत्यु भएको छ। ललितपुरमा दुई जना, बुटवल, मोरङ र सप्तरीमा एक/एक जनाको मृत्यु भएको हो। बुटवलमा मृत्यु भएका दुई जनामध्ये एउटा रिपोर्ट आउन बाँकी छ। एउटाको भने कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए।

बुटवलको धागो कारखानस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–२ एक ४२ वर्षीय पुरुष रहेको छन्। त्यस्तै, कृष्णनगर नगरपालिका– १० का एक २५ वर्षीय पुरुषको मृत्यु भएको डा. गिरीले बताए। ४२ वर्षीय पुरुषको कोरोना पुष्टि भएको छ भने २५ वर्षीय पुरुषको रिपोर्ट आउन बाँकी छ।

त्यस्तै, ललितपुरमा दुई जनाको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालय ललितपुरका कोभिड–१९ फोकल पर्सन उपेन्द्र अर्यालले किस्ट मेडिकल कलेज र पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको जानकारी दिए। साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी जनकपुरकी ३८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको अर्यालले बताए। त्यस्तै किस्ट मेडिकल कलेजमा उपचाररत टेकुकी ७८ वर्षीया वृद्धाको पनि मृत्यु भएको हो। मृत्यु भएपछि कोभिड–१९ परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ।

त्यस्तै, मोरङमा पनि एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कन्ट्याक्ट ट्रेसिङको आधारमा लगिएका बुढीगंगा गाउँपालिका–२ गंगाचोकका ५५ वर्षीय पुरुषको मृत्यु भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए। साउन २६ गते वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका उनको गएराति मृत्यु भएको हो ।

यसैगरी, सप्तरीमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका ८ का ८० वर्षीय बृद्धको मृत्यु भएको हो। उनी राजविराज–६ स्थित सिरहा रोडमा बस्दै आएका थिए। ज्वरो आएपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि प्रयोगशाला लगिएको थियो।

रिपोर्ट पोजिटिभ आएपछि उनलाई आइसोलेनसमा ल्याउनका लागि एम्बुललेन्स पठाइएको थियो। एम्बुलेन्समा चढेलगत्तै मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए। उनको शव नेपाली सेनाले व्यवस्थापन गर्न लागेको उनले बताए।

यी मृतकहरूको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरिसकेको छैन। मन्त्रालयका अनुसार हिजोसम्म नेपालमा कोभिड–१९ बाट ८३ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। कोरोना संक्रमणबाट एकै दिन पाँच जनाको मृत्यु भएको छ। ललितपुरमा दुई जना, बुटवल, मोरङ र सप्तरीमा एक/एक जनाको मृत्यु भएको हो। बुटवलमा मृत्यु भएका दुई जनामध्ये एउटा रिपोर्ट आउन बाँकी छ। एउटाको भने कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए।

बुटवलको धागो कारखानस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–२ एक ४२ वर्षीय पुरुष रहेको छन्। त्यस्तै, कृष्णनगर नगरपालिका– १० का एक २५ वर्षीय पुरुषको मृत्यु भएको डा. गिरीले बताए। ४२ वर्षीय पुरुषको कोरोना पुष्टि भएको छ भने २५ वर्षीय पुरुषको रिपोर्ट आउन बाँकी छ।

त्यस्तै, ललितपुरमा दुई जनाको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालय ललितपुरका कोभिड–१९ फोकल पर्सन उपेन्द्र अर्यालले किस्ट मेडिकल कलेज र पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको जानकारी दिए। साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी जनकपुरकी ३८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको अर्यालले बताए। त्यस्तै किस्ट मेडिकल कलेजमा उपचाररत टेकुकी ७८ वर्षीया वृद्धाको पनि मृत्यु भएको हो। मृत्यु भएपछि कोभिड–१९ परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ।

त्यस्तै, मोरङमा पनि एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कन्ट्याक्ट ट्रेसिङको आधारमा लगिएका बुढीगंगा गाउँपालिका–२ गंगाचोकका ५५ वर्षीय पुरुषको मृत्यु भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए। साउन २६ गते वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका उनको गएराति मृत्यु भएको हो ।

यसैगरी, सप्तरीमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका ८ का ८० वर्षीय बृद्धको मृत्यु भएको हो। उनी राजविराज–६ स्थित सिरहा रोडमा बस्दै आएका थिए। ज्वरो आएपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि प्रयोगशाला लगिएको थियो।

रिपोर्ट पोजिटिभ आएपछि उनलाई आइसोलेनसमा ल्याउनका लागि एम्बुललेन्स पठाइएको थियो। एम्बुलेन्समा चढेलगत्तै मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए। उनको शव नेपाली सेनाले व्यवस्थापन गर्न लागेको उनले बताए।

यी मृतकहरूको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरिसकेको छैन। मन्त्रालयका अनुसार हिजोसम्म नेपालमा कोभिड–१९ बाट ८३ जनाको मृत्यु भएको छ।

"> कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु: Dekhapadhi
फाइल तस्वीर।
कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु
काठमाडौं। कोरोना संक्रमणबाट एकै दिन पाँच जनाको मृत्यु भएको छ। ललितपुरमा दुई जना, बुटवल, मोरङ र सप्तरीमा एक/एक जनाको मृत्यु भएको हो। बुटवलमा मृत्यु भएका दुई जनामध्ये एउटा रिपोर्ट आउन बाँकी छ। एउटाको भने कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए।

बुटवलको धागो कारखानस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–२ एक ४२ वर्षीय पुरुष रहेको छन्। त्यस्तै, कृष्णनगर नगरपालिका– १० का एक २५ वर्षीय पुरुषको मृत्यु भएको डा. गिरीले बताए। ४२ वर्षीय पुरुषको कोरोना पुष्टि भएको छ भने २५ वर्षीय पुरुषको रिपोर्ट आउन बाँकी छ।

त्यस्तै, ललितपुरमा दुई जनाको मृत्यु भएको छ। जनस्वास्थ्य कार्यालय ललितपुरका कोभिड–१९ फोकल पर्सन उपेन्द्र अर्यालले किस्ट मेडिकल कलेज र पाटन अस्पतालमा दुई जनाको मृत्यु भएको जानकारी दिए। साउन १८ गते पाटन अस्पतालमा भर्ना भएकी जनकपुरकी ३८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको अर्यालले बताए। त्यस्तै किस्ट मेडिकल कलेजमा उपचाररत टेकुकी ७८ वर्षीया वृद्धाको पनि मृत्यु भएको हो। मृत्यु भएपछि कोभिड–१९ परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ।

त्यस्तै, मोरङमा पनि एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कन्ट्याक्ट ट्रेसिङको आधारमा लगिएका बुढीगंगा गाउँपालिका–२ गंगाचोकका ५५ वर्षीय पुरुषको मृत्यु भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए। साउन २६ गते वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका उनको गएराति मृत्यु भएको हो ।

यसैगरी, सप्तरीमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका ८ का ८० वर्षीय बृद्धको मृत्यु भएको हो। उनी राजविराज–६ स्थित सिरहा रोडमा बस्दै आएका थिए। ज्वरो आएपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि प्रयोगशाला लगिएको थियो।

रिपोर्ट पोजिटिभ आएपछि उनलाई आइसोलेनसमा ल्याउनका लागि एम्बुललेन्स पठाइएको थियो। एम्बुलेन्समा चढेलगत्तै मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए। उनको शव नेपाली सेनाले व्यवस्थापन गर्न लागेको उनले बताए।

यी मृतकहरूको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरिसकेको छैन। मन्त्रालयका अनुसार हिजोसम्म नेपालमा कोभिड–१९ बाट ८३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्