काठमाडौं। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा दैनिक एक हजारभन्दा बढीले सेवा लिन्छन्। ट्रपिकल तथा सरूवा रोग सम्बन्धित उपचार गराउन एकमात्र अस्पताल हो याे।यतिबेला त्यहाँ कोरोना भाइरसको स्वाब संकलनदेखि लिएर परीक्षण तथा उपचारसम्म हुन्छ। यतिमात्र होईन्, रेविजविरुद्धरूको सुई पनि यहीँ लगाइन्छ।
त्यस्तै, विदेश जान आवश्यक पर्ने स्वास्थ्य परीक्षण पनि त्यहीँ गरिन्छ। शुक्राराज अस्पताललाई सरकारले कोभिड–१९ हब अस्पताल भनेको छ। तर, त्यहाँ अन्य सेवा पनि प्रदान गरिन्छ। जसका कारण कोरोना संक्रमणको जोखिम एकदमै बढी हुन्छ। अस्पतालका कर्मचारीहरूले समेत बहुसेवा प्रदान गरिँदा कोरोना संक्रमणको जोखिम बढिरहेको बताएका छन्।
अस्पतालमा हाल ओपीडी सेवादेखि आपतकालीन सेवाहरू, ल्याब सेवा, रेडियोलोजी, ईपीएस तथा अन्य सेवाहरू समेत प्रदान गरिँदै आएको छ। यी सेवा लिन सबै जना एउटै लाइनमा लाग्ने गरेका छन्। टिकट काट्न लाइन लाग्ने, स्वास्थ्य परीक्षण गराउनेसम्म त्यही हुलमुलमा हुने गरेको छ। जसका कारण कोरोना संक्रमणको जोखिम बढ्ने गरेको अस्पतालका कर्मचारीहरू बताउँछन्।
ईपीएसका लागि स्वास्थ्य परीक्षण अहिले किन आवश्यक ?
कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जान रोक लागेको छ। अन्तर्राष्ट्रिय उडान नै बन्द गराएर सरकारले विदेश जान रोक लगाएको हो। यस्तो अवस्थामा वैदेशिक रोजगारीका लागि कोरिया जाने प्रकृया भने जारी छ। असार ६ गते २३३ नेपाली कोरिया गएका थिए। त्यस्तै छुट्टीमा नेपाल आएकाहरू विदेश गइरहेका छन्।
६ महीनाभन्दा बढी समय नेपालमा बसेकाहरूले स्वास्थ्य परीक्षण गराउनुपर्ने वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईंले बताए। उनीहरूले सरकारले तोकेको अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुपर्छ। त्यसका लागि शुक्रराज अस्पताल पनि तोकिएको छ। एकातिर कोरोना संक्रमितको उपचार, परीक्षण भइरहेको छ भने अर्कोतिर वैदेशिक रोजगारमा जानेहरूको स्वास्थ्य परीक्षण पनि हुन्छ।
विभागका महानिर्देशक कुमारप्रसाद दहालले आफूखुशी स्वास्थ्य परीक्षण गर्ने क्रम बढिरहेको बताए। “सरकारले अहिले नै गर्नुपर्छ भनेको छैन। उहाँहरू आफैंलाई जोखिममा राखिरहेका छन्। थोरै थोरैको संख्यामा भएपनि कोरिया गइरहेका छन्। त्यही भएर पनि सबैले परीक्षण गराउन थालेका होलान्”, उनले भने।
अल्ट्रासाउण्डमा सबैलाई उस्तै
कोरोना संक्रमितको उपचारका क्रममा बेला बेला अल्ट्रासाउण्ड गराउनुपर्छ। वैदेशिक रोजगारमा जानेहरूले पनि स्वास्थ्य परीक्षण गराउँदा त्यही अल्ट्रासाउण्ड मेसिनको प्रयोग गर्ने गरिएको एक कर्मचारीले बताए। “कोरोना संक्रमितको पनि त्यही अल्ट्रासाउण्ड मेसिनमा अल्ट्रासाउण्ड गरिन्छ। विदेश जानका लागि स्वास्थ्य परीक्षण गराउँदा पनि त्यही मेसिनको प्रयोग भइरहेको छ। यसरी त जोखिम बढ्यो”, ती कर्मचारीले भने।
तर, अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले छुट्टा छुट्टै मेसिनबाट स्वास्थ्य परीक्षण हुने गरेको बताए। “स्वास्थ्य मापदण्ड अनुसार नै उपचार भइरहेको छ। कोरोना संक्रमितको छुट्टै परीक्षण भइरहेको छ। सामान्य व्यक्तिको अलग्गै हुन्छ”, प्रवक्ता डा. बाँस्तोलाले भने।
उपचारका क्रममा केही कमजोरी भइरहेको स्वीकार गर्दै उनले भने, “सीमित स्रोत साधनले काम गर्दा केही तलमाथि हुन्छ। हामीले संक्रमण एक व्यक्तिबाट अर्कोमा नफैलियोस् भनेरै काम गरिरहेका छौं।”
सबै उपकरण तथा उपचार कक्षमा डिसइन्फेक्सन गर्ने गरिएको उनको भनाइ छ। जसका कारण त्यति धेरै जोखिम नरहने भन्दै उनले सेवा लिन आउने सेवाग्राहीलाई पनि सचेत हुन आग्रह गरे।
" /> काठमाडौं। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा दैनिक एक हजारभन्दा बढीले सेवा लिन्छन्। ट्रपिकल तथा सरूवा रोग सम्बन्धित उपचार गराउन एकमात्र अस्पताल हो याे।यतिबेला त्यहाँ कोरोना भाइरसको स्वाब संकलनदेखि लिएर परीक्षण तथा उपचारसम्म हुन्छ। यतिमात्र होईन्, रेविजविरुद्धरूको सुई पनि यहीँ लगाइन्छ।त्यस्तै, विदेश जान आवश्यक पर्ने स्वास्थ्य परीक्षण पनि त्यहीँ गरिन्छ। शुक्राराज अस्पताललाई सरकारले कोभिड–१९ हब अस्पताल भनेको छ। तर, त्यहाँ अन्य सेवा पनि प्रदान गरिन्छ। जसका कारण कोरोना संक्रमणको जोखिम एकदमै बढी हुन्छ। अस्पतालका कर्मचारीहरूले समेत बहुसेवा प्रदान गरिँदा कोरोना संक्रमणको जोखिम बढिरहेको बताएका छन्।

">