हेटौंडा। विद्यालयबाट आइसोलेसन हटाउने निर्णय अनुसार बागमती प्रदेशमा पनि स्थानान्तरण हुने भएका छन्।
आइसोलेसन हटाउने निर्णय कार्यान्वयन गर्न हेटौंडाको श्रमिक माध्यमिक विद्यालयबाट हेटौंडाको केन्द्रिय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को छात्राबासको भवनमा स्थानान्तरण गरिने भएको छ।
गौरीटार रंगशालाको छात्राबासमा स्थापना गरिन लागेको स्थानमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पुगेका थिए। स्थानको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले छिटोभन्दा छिटो स्थानान्तरण गर्न निर्देशन दिए।
प्रदेशमा कोरोना सङ्क्रमण फैलन सक्ने तर्फ सचेत हुन आग्रह गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिए। यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालले छात्राबाससँगै निर्माणको अन्तिम चरणमा रहेको कभर्डहलमा संक्रमित राख्न सकिने बताए।
प्रदेशका अन्य जिल्लाका विद्यालयमा रहेका आइसोलेसन र क्वारेन्टाइन पनि हटाएर अन्य स्थानमा राखिने भएको छ। बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले विद्यालयबाट आइसोलेसन र क्वारेन्टाइन हटाउने बारेमा सोमबार नै निर्णय गरिसकेको छ।
" /> हेटौंडा। विद्यालयबाट आइसोलेसन हटाउने निर्णय अनुसार बागमती प्रदेशमा पनि स्थानान्तरण हुने भएका छन्।आइसोलेसन हटाउने निर्णय कार्यान्वयन गर्न हेटौंडाको श्रमिक माध्यमिक विद्यालयबाट हेटौंडाको केन्द्रिय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को छात्राबासको भवनमा स्थानान्तरण गरिने भएको छ।

">