चितवन। कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ।
जिल्ला विपत् व्यवस्थापन समितिको हिजोको बैठकले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो।
राति सवारीसाधन र मानिसहरूको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार राजनीतिक दल सङ्घसंस्थालगायत सबैले २५ जनाभन्दा बढी मानिस भेला भएर गरिने बैठक, आमसभा, साधारणसभालगायतका कार्यमा पनि रोक लगाइएको छ ।
चियापसलमा चिया खान हुने जमघटलाई निरुत्साहित गर्ने र खाजाघर तथा राजमार्ग क्षेत्रका पसललाई प्याकेटमा खाना खाजा प्याक गरी प्रदान गरिने ‘टेक अवे’ सेवा सञ्चालन गर्ने पनि निर्णय गरिएको छ।
अन्य जिल्ला तथा छिमेकी मुलुकबाट अनुमतिबिना जिल्लामा प्रवेश गर्न सक्ने मानिसका कारण कोभिड-१९ को संक्रमणको जोखिम बढेको देखिएको बैठकको निष्कर्ष छ।
जिल्ला प्रवेश गर्ने नाकाहरूमा जाँचलाई थप प्रभावकारी बनाउने, आफ्नो क्षेत्रमा मानिसले मास्क लगाए नलगाएको, सार्वजनिक स्थानमा भौतिक दूरी कायम गरे/नगरेको, बैंक तथा वित्तीय संस्था, चिया पसल, होटल, सार्वजनिक यातायात, व्यापारिक मल, सरकारी कार्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरे/नगरेको कडाइका साथ अनुगमन गर्ने निर्णय गरेको छ।
" /> चितवन। कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ।जिल्ला विपत् व्यवस्थापन समितिको हिजोको बैठकले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो।

">