बाँके। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा साउन २४ गते कोरोना संक्रमितले जन्माएको शिशुको मृत्यु भएको छ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।
भेरी अस्पतालमा भर्ना भएकी रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो।
सो महिलाले सोही दिन राति ९ः३५ बजे शल्यक्रियापछि दुई किलो ७०० ग्राम तौलको शिशु (छोरा) जन्माएकी थिइन्।
मेडिकल कलेजमा कोरोना संक्रमितबाट जन्मिएका शिशुको मृत्यु भएको र आमाबुबा आइसोलेसनमा रहेको सहायक निर्देशक कनोडियाले जानकारी दिए।
बच्चाले आमाको पेटमै दिसा गरेकाले शल्यक्रिया गरी निकालिएको भए पनि दिसा खाइसकेकाले बचाउन नसकिएको अस्पतालले जनाएकाे छ।
रासस
" /> बाँके। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा साउन २४ गते कोरोना संक्रमितले जन्माएको शिशुको मृत्यु भएको छ।नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १ः२० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

">