नुवाकोट। नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ। निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै आजदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए।

उनका अनुसार आजदेखि निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका-२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका-४ र ५, शिवपुरी गाउँपालिका-१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका-२, ४, ५ र ६ छन्।

नुवाकोटमा दुप्चेश्वर गाउँपालिकामा हिजो वडाध्यक्ष, बैंकका सुरक्षाकर्मीसहित चारजनामा कोरोना रोगको सङ्क्रमण देखिएसँगै यसअघि लगाइएको निषेधाज्ञाको क्षेत्र बढाउन जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको हो।

हालसम्म नुवाकोटमा कोरोना सङ्क्रमितको संख्या ६१ पुगेको छ। जिल्लाको विदुर नगरपालिका-८ र दुप्चेश्वर गाउँपालिका-६ मा समुदायमा कोरोनाको सङ्क्रमण फैलिएको स्थानीय प्रशासनले जनाएको छ।

नुवाकोटमा यही २५ साउनदेखि गतेदेखि विदुर नगरपालिकासहित लिखु र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र र बेलकोटगढी नपा, ककनी, शिवपुरी र पञ्चकन्या गापाको केही वडामा १० दिनका लागि निषेधाज्ञा कायम गरिएको थियो।

आजदेखि थप भएको निषेधाज्ञाको पालना कडाइका रुपमा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय भएको छ। रासस

" /> नुवाकोट। नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ। निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै आजदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए।

उनका अनुसार आजदेखि निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका-२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका-४ र ५, शिवपुरी गाउँपालिका-१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका-२, ४, ५ र ६ छन्।

नुवाकोटमा दुप्चेश्वर गाउँपालिकामा हिजो वडाध्यक्ष, बैंकका सुरक्षाकर्मीसहित चारजनामा कोरोना रोगको सङ्क्रमण देखिएसँगै यसअघि लगाइएको निषेधाज्ञाको क्षेत्र बढाउन जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको हो।

हालसम्म नुवाकोटमा कोरोना सङ्क्रमितको संख्या ६१ पुगेको छ। जिल्लाको विदुर नगरपालिका-८ र दुप्चेश्वर गाउँपालिका-६ मा समुदायमा कोरोनाको सङ्क्रमण फैलिएको स्थानीय प्रशासनले जनाएको छ।

नुवाकोटमा यही २५ साउनदेखि गतेदेखि विदुर नगरपालिकासहित लिखु र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र र बेलकोटगढी नपा, ककनी, शिवपुरी र पञ्चकन्या गापाको केही वडामा १० दिनका लागि निषेधाज्ञा कायम गरिएको थियो।

आजदेखि थप भएको निषेधाज्ञाको पालना कडाइका रुपमा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय भएको छ। रासस

"> नुवाकोटमा सेना परिचालन, निषेधाज्ञा क्षेत्र बढाइयो: Dekhapadhi
नुवाकोटमा सेना परिचालन, निषेधाज्ञा क्षेत्र बढाइयो
नुवाकोट। नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ। निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै आजदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए।

उनका अनुसार आजदेखि निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका-२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका-४ र ५, शिवपुरी गाउँपालिका-१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका-२, ४, ५ र ६ छन्।

नुवाकोटमा दुप्चेश्वर गाउँपालिकामा हिजो वडाध्यक्ष, बैंकका सुरक्षाकर्मीसहित चारजनामा कोरोना रोगको सङ्क्रमण देखिएसँगै यसअघि लगाइएको निषेधाज्ञाको क्षेत्र बढाउन जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको हो।

हालसम्म नुवाकोटमा कोरोना सङ्क्रमितको संख्या ६१ पुगेको छ। जिल्लाको विदुर नगरपालिका-८ र दुप्चेश्वर गाउँपालिका-६ मा समुदायमा कोरोनाको सङ्क्रमण फैलिएको स्थानीय प्रशासनले जनाएको छ।

नुवाकोटमा यही २५ साउनदेखि गतेदेखि विदुर नगरपालिकासहित लिखु र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र र बेलकोटगढी नपा, ककनी, शिवपुरी र पञ्चकन्या गापाको केही वडामा १० दिनका लागि निषेधाज्ञा कायम गरिएको थियो।

आजदेखि थप भएको निषेधाज्ञाको पालना कडाइका रुपमा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्