कैलाली। सेती प्रादेशिक अस्पताल धनगढीमा स्थापना गरिएको पीसीआर प्रयोगशालाको आज उद्घाटन गरिएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ पीसीआर मेसिनसहित स्थापना गरिएको प्रयोगशालाको आज बिहान उद्घाटन गरेका हुन्।

मुख्यमन्त्री भट्टले कोरोना रोकथाम र नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताए। उनले अस्पतालमा सीटी स्क्यान, एमआरआई लगायतका सेवा थप गरिने जानकारी गराए।

सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले जनशक्तिको अभावमा पीसीआर मेसिनको क्षमता अनुसार पीसीआर परीक्षण गर्न नसकिएकोले जनशक्ति थप गरिदिन माग गरे।

पर्याप्त जनशक्ति भएमा दैनिक एक हजार जनाको पीसीआर परीक्षण गर्न सकिने उनको भनाइ छ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्ट, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थी युएनडीपी धनगढीकी प्रमुख बैजयन्ती सिंह लगायतले कोभिड-१९ विरुद्धमा सरोकारवाला पक्षको हातेमालोमा जोड दिए।

युएनडीपीका तर्फबाट सिंहले मुख्यमन्त्री भट्टलाई अटोमेटिक आरएनए मेसिन हस्तान्तरण गरेकी छन्।

यसअघि पशुरोग अन्वेषण प्रयोगशालामा सञ्चालनमा रहेको पीसीआर प्रयोगशाला आजदेखि सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा आएको छ।

" /> कैलाली। सेती प्रादेशिक अस्पताल धनगढीमा स्थापना गरिएको पीसीआर प्रयोगशालाको आज उद्घाटन गरिएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ पीसीआर मेसिनसहित स्थापना गरिएको प्रयोगशालाको आज बिहान उद्घाटन गरेका हुन्।

मुख्यमन्त्री भट्टले कोरोना रोकथाम र नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताए। उनले अस्पतालमा सीटी स्क्यान, एमआरआई लगायतका सेवा थप गरिने जानकारी गराए।

सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले जनशक्तिको अभावमा पीसीआर मेसिनको क्षमता अनुसार पीसीआर परीक्षण गर्न नसकिएकोले जनशक्ति थप गरिदिन माग गरे।

पर्याप्त जनशक्ति भएमा दैनिक एक हजार जनाको पीसीआर परीक्षण गर्न सकिने उनको भनाइ छ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्ट, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थी युएनडीपी धनगढीकी प्रमुख बैजयन्ती सिंह लगायतले कोभिड-१९ विरुद्धमा सरोकारवाला पक्षको हातेमालोमा जोड दिए।

युएनडीपीका तर्फबाट सिंहले मुख्यमन्त्री भट्टलाई अटोमेटिक आरएनए मेसिन हस्तान्तरण गरेकी छन्।

यसअघि पशुरोग अन्वेषण प्रयोगशालामा सञ्चालनमा रहेको पीसीआर प्रयोगशाला आजदेखि सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा आएको छ।

"> सेती अस्पतालमा नयाँ पीसीआर मेसिनसहितको प्रयोगशाला उद्घाटन: Dekhapadhi मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे नयाँ पीसीआर मेसिनसहितको प्रयोगशाला
• पर्याप्त जनशक्ति भएमा दैनिक एक हजार जनाको कोरोना परीक्षण गर्न सकिने
• कोभिड-१९ विरुद्धको अभियानमा हातेमालोमा जोड

सेती अस्पतालमा नयाँ पीसीआर मेसिनसहितको प्रयोगशाला उद्घाटन
कैलाली। सेती प्रादेशिक अस्पताल धनगढीमा स्थापना गरिएको पीसीआर प्रयोगशालाको आज उद्घाटन गरिएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ पीसीआर मेसिनसहित स्थापना गरिएको प्रयोगशालाको आज बिहान उद्घाटन गरेका हुन्।

मुख्यमन्त्री भट्टले कोरोना रोकथाम र नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताए। उनले अस्पतालमा सीटी स्क्यान, एमआरआई लगायतका सेवा थप गरिने जानकारी गराए।

सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले जनशक्तिको अभावमा पीसीआर मेसिनको क्षमता अनुसार पीसीआर परीक्षण गर्न नसकिएकोले जनशक्ति थप गरिदिन माग गरे।

पर्याप्त जनशक्ति भएमा दैनिक एक हजार जनाको पीसीआर परीक्षण गर्न सकिने उनको भनाइ छ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्ट, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थी युएनडीपी धनगढीकी प्रमुख बैजयन्ती सिंह लगायतले कोभिड-१९ विरुद्धमा सरोकारवाला पक्षको हातेमालोमा जोड दिए।

युएनडीपीका तर्फबाट सिंहले मुख्यमन्त्री भट्टलाई अटोमेटिक आरएनए मेसिन हस्तान्तरण गरेकी छन्।

यसअघि पशुरोग अन्वेषण प्रयोगशालामा सञ्चालनमा रहेको पीसीआर प्रयोगशाला आजदेखि सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा आएको छ।

प्रतिक्रिया दिनुहोस्