धनुषा। धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गएराति मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले बताए। डा. सिंहका अनुसार मृतक मण्डल क्षयरोगले पनि सिकिस्त थिए।
प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन। प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, “मृतक मण्डलको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ।”
मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताए। मृतकको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ। यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा हिजो कोरोना पुष्टि भएको थियो। योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। रासस
" /> धनुषा। धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गएराति मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले बताए। डा. सिंहका अनुसार मृतक मण्डल क्षयरोगले पनि सिकिस्त थिए।

">