कपिलवस्तु। कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये एक विद्यालयका प्रधानाध्यापकमा समेत कोरोना देखिएको छ। उनी कुन विद्यालयका हुन् भन्ने खुलाइएको छैन। यस्तै, कृष्णनगर नगरपालिकामा ९ जना र बुद्धभूमि नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित सबै समुदायस्तरबाट लिइएको स्वाब मध्येबाट कोरोना देखिएको जनाइएको छ। कोरोनाका संक्रमित बढ्दै जान थालेपछि गएराति १२ बजेदेखि साउन मसान्तसम्म पूर्ण रूपमा जिल्लामा लकडाउन जारी गरिएको छ।
यसैबीच, पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु जिल्ला अस्पताल हिजोदेखि सिल गरिएको छ। अस्पतालले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको हो। अस्पताल कर्मचारी, चिकित्सक र सरोकारवालाको बैठक बसेर सिल गर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले बताए ।
अस्पतालमा कार्यरत अन्य ९० कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ। उनीहरूको रिपोर्ट आएपछि अवस्था हेरेर अस्पताल सञ्चालन गर्ने/नगर्ने निर्णय लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।
" /> कपिलवस्तु। कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये एक विद्यालयका प्रधानाध्यापकमा समेत कोरोना देखिएको छ। उनी कुन विद्यालयका हुन् भन्ने खुलाइएको छैन। यस्तै, कृष्णनगर नगरपालिकामा ९ जना र बुद्धभूमि नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो।संक्रमित सबै समुदायस्तरबाट लिइएको स्वाब मध्येबाट कोरोना देखिएको जनाइएको छ। कोरोनाका संक्रमित बढ्दै जान थालेपछि गएराति १२ बजेदेखि साउन मसान्तसम्म पूर्ण रूपमा जिल्लामा लकडाउन जारी गरिएको छ।

">