कोभिड-१९ बाट थप चारजनाको मृत्यु, कूल मृत्यु संख्या ७९ पुग्यो <p>काठमाडौं। कोभिड&ndash;१९ बाट थप चारजनाको मृत्यु भएको छ।</p> <p>मृत्यु हुनेमा दुईजना पुरुष छन् भने दुईजना महिला रहेका छन्।</p> <p>मृत्यु हुनेमा काठमाडौंका ७६ र ६४ वर्षीय पुरुष छन् भने बाँकेकी ७० वर्षीया र पर्साकी ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।</p> <p>यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्