काठमाडौं। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ।
हेटौंडालगायत मकवानपुरका विभिन्न स्थानमा कोरोना संक्रमितहरू थपिएपछि आज राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ३२ साउनसम्मको लागि हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र र मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञा उल्लंघन गर्ने र स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी नअपनाउनेलाई संक्रामक रोग ऐन अनुसार कारवाही गरिने प्रशासनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
" /> काठमाडौं। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ।हेटौंडालगायत मकवानपुरका विभिन्न स्थानमा कोरोना संक्रमितहरू थपिएपछि आज राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।

">