चितवन। महानगरभित्र कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगरले सतर्कता अपनाउन अनुरोध गरेको छ।
महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरिन्। आज एक अपील जारी गर्दै महानगर क्षेत्रमा पनि कोरोना संक्रमण बढ्दै गइरहेकाले डराएर नभई उच्च मनोबलका साथ सुरक्षा सजगता अपनाएर मात्र मुक्ति पाउन सकिने उल्लेख गरेकी छन्।
कोरोनाबाट जोगिन जीवनशैलीलाई बदल्नु जरुरी रहेको जनाउँदै मेयर दाहालले शंकास्पद बिरामी तथा समुदायस्तरमा पीसीआर परीक्षण गर्ने, बिरामीको उपचार र आइसोलेसन व्यवस्थापनलाई तीव्रता दिइने बताएकी छन्।
महानगरका वडा नम्बर १, १०, १५ लगायतका मूख्य शहरी क्षेत्रमा संक्रमण बढ्दै गएको छ। बैंक, प्रहरीलगायत स्थानमा काम गर्ने पनि पछिल्लो दिन संक्रमित भएका छन्।
महानगर प्रमुख दाहालले भरतपुर अस्पतालसहित महानगर क्षेत्रमा रहेका स्वास्थ्य संघसंस्थासँग समन्वय गरी कोरोना नियन्त्रणमा जुट्न सबैमा अनुरोधसमेत गरेकी छिन्।
" /> चितवन। महानगरभित्र कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगरले सतर्कता अपनाउन अनुरोध गरेको छ।महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरिन्। आज एक अपील जारी गर्दै महानगर क्षेत्रमा पनि कोरोना संक्रमण बढ्दै गइरहेकाले डराएर नभई उच्च मनोबलका साथ सुरक्षा सजगता अपनाएर मात्र मुक्ति पाउन सकिने उल्लेख गरेकी छन्।

">