काठमाडौं। छिमेकी देश भारतमा तीन दिनको अवधिमा झण्डै दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। भारत कोरोना भाइरस संक्रमण रफ्तारमा बढिरहेको छ। दैनिक संक्रमणदरमा भारतले अमेरिकामा र ब्राजिललाई समेत उछिन्न थालेको छ।
पछिल्ला तीन दिनमा भारतमा एक लाख ८८ हजार ७२८ जना संक्रमित थपिएका छन्। हिजो मात्र भारतमा ६२ हजार ११७ संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
२४ साउनमा भारतमा ६५ हजार ६५ हजार १५६ जना संक्रमित थपिएका थिए भने २३ साउनमा ६१ हजार ४५५ संक्रमित थपिएका थिए। तीन दिनको अवधिमा भारतमा कोभिड–१९ बाट दुई हजार ८२८ जनाको मृत्यु भएको छ।
भारतमा कोरोना संक्रमितको संख्या २२ लाख १४ हजार १३७ पुगेको छ भने यसमध्ये १५ लाख ३४ हजार २७८ जना संक्रमणमुक्त भएका छन्। कोभिड–१९ बाट भारतमा ४४ हजार ४६६ जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। छिमेकी देश भारतमा तीन दिनको अवधिमा झण्डै दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। भारत कोरोना भाइरस संक्रमण रफ्तारमा बढिरहेको छ। दैनिक संक्रमणदरमा भारतले अमेरिकामा र ब्राजिललाई समेत उछिन्न थालेको छ।पछिल्ला तीन दिनमा भारतमा एक लाख ८८ हजार ७२८ जना संक्रमित थपिएका छन्। हिजो मात्र भारतमा ६२ हजार ११७ संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

">