काठमाडौं। तराईका केही जिल्लासँगै काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ।
काठमाडौंमा दैनिकजसो नै संक्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा संक्रमण देखिएपछि उनीहरूमार्फत धेरैमा संक्रमण फैलिएको छ। आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा समेत संक्रमण ह्वात्तै बढेको छ।
विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन्। उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ।
भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ। भीडभाड बढ्दो छ। यातायातमा समेत मापदण्ड प्रयोग भएको छैन। मानिसहरू निर्वाध रूपमा भित्रिरहेका छन्। यी विभिन्न कारणले उपत्यकामा कोभिड-१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन्।
उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा संक्रमण फैलिन सहयोग गरेको हो। जसरी संक्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने उनीहरूको भनाइ छ। शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढी संक्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै संक्रमण फैलिसकेको छ।
दुई दिनअघि काठमाडौंको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोरोना पुष्टि भयो। परीक्षणका क्रममा उनका परिवारसहित पाँचजनाका संक्रमण देखियो। घरबेटीलाई समेत संक्रमण भएको पाइयो। सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप ६ जनामा संक्रमण भेटिएको काठमाडौं महानगरपालिका-५ का वडाध्यक्ष रमेश डङ्गोल बताउँछन्। अहिले उक्त टोललाई सिल गरिएको । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा संक्रमण देखिइसकेको छ।
यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।
नेपालमा गत ९ माघमा पहिलो संक्रमण देखिएको थियो। त्यसपछि चैतमा फाट्टफुट्ट देखियो। वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टायनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले जोखिम बढेको छ।
संक्रमण बढेपछि विभिन्न जिल्लार स्थानीय तहले आ-आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन्। समुदाय आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन्।
नारायण ढुङ्गाना/रासस
" /> काठमाडौं। तराईका केही जिल्लासँगै काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ।काठमाडौंमा दैनिकजसो नै संक्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा संक्रमण देखिएपछि उनीहरूमार्फत धेरैमा संक्रमण फैलिएको छ। आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा समेत संक्रमण ह्वात्तै बढेको छ।

">