झापा। कोरोना भाइरस संक्रमण फैलिएसँगै झापाका स्थानीय तहहरूले साप्ताहिकरूपमा लाग्ने हाटबजार धमाधम बन्द गराउन थालेका छन्।
पन्ध्र स्थानीय तहमध्ये कन्काई, विर्तामोड, अर्जुनधारा र शिवसतासी नगरपालिकाले आफ्ना क्षेत्रमा लाग्ने विभिन्न शहरका सप्ताहिक हाटबजार बन्द गराइएको छ। कनकाई नगरपालिकाले विज्ञप्ति जारी गर्दै ५ भदौ सम्मलाई हाटबजार पूर्णरूपमा बन्द गराएको जनाएको छ।
महामारीको जोखिमलाई ध्यान दिएर यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताए । शिवसतासी नगरपालिकाले नगर क्षेत्रमा लाग्ने आधा दर्जन बढी साप्ताहिक हाटबजार एक हप्ताअघिदेखि बन्द गराएको छ। बढी भीडभाड हुने हाटबजार तथा धार्मिक र पर्यटकीय स्थलहरू २ भदौसम्म बन्द गरिएको नगर प्रमुख चन्द्र शेर्माले बताए।
विर्तामोड र अर्जुनधारा नगरपालिकाले नगर नै बन्दाबन्दी गरेका छन्। दुवै नगरले कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहेका व्यक्तिको कन्टयाक्ट ट्रेसिङ गर्ने र वित्तीय संस्थाका कर्मचारी तथा व्यवसायीको समेत धमाधम स्वाब सङ्कलन गरिरहेका छन्।
दुईवटा वडामा गरिएको लकडाउनसँगै धुलाबारी बजारमा अर्धसप्ताहिकरूपमा लाग्दै आएको हाटबजार बन्द गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताइन्।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बजार अनुगमनलाई तीव्र बनाइने र भीडभाड भएको पाइएमा कानूनअनुसार कारवाही गरिने बताए।
" /> झापा। कोरोना भाइरस संक्रमण फैलिएसँगै झापाका स्थानीय तहहरूले साप्ताहिकरूपमा लाग्ने हाटबजार धमाधम बन्द गराउन थालेका छन्।पन्ध्र स्थानीय तहमध्ये कन्काई, विर्तामोड, अर्जुनधारा र शिवसतासी नगरपालिकाले आफ्ना क्षेत्रमा लाग्ने विभिन्न शहरका सप्ताहिक हाटबजार बन्द गराइएको छ। कनकाई नगरपालिकाले विज्ञप्ति जारी गर्दै ५ भदौ सम्मलाई हाटबजार पूर्णरूपमा बन्द गराएको जनाएको छ।

">