काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन्। यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ।
कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एअरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन्। नेपाल एअरलाइन्सले साउदी अरेबियाको रियादबाट २५८ र दमामबाट १४७ यात्रु काठमाडौं ल्याएको छ। रियदमामबाट दुई उडानमा क्रमशः २५९ र १४४ यात्रु काठमाडौं ल्याएको छ। थप नेपालीको उद्धारका लागि नेपाल एअरलाइन्सको जहाज दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ।
यस्तै हिमालय एअरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु तथा एक शव र दमामबाट १५४ यात्रु नेपाल ल्याएको छ। थप उडानका लागि हिमालयको जहाज चीनको कुनमिं, दोहा र क्वालालम्पुर उडेको विमानस्थलले जनाएको छ।
मालिन्दो एअरले क्वालालम्पुरबाट दुई चार्टर्ड उडान गरी क्रमश: १७३ र १७१, एअर अरेबियाले सारजाहाबाट १६७, फ्लाई दुबईले १५७ र इतिहाद एअरले १३६ नेपाली काठमाडौं ल्याएको छ। आइतबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १० चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ।
रासस