२४ घण्टामा ३७८ कोरोना संक्रमित थपिए, ४९९ डिस्चार्ज

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ७८८ वटा पीसीआर परीक्षणमध्ये सो संख्यामा संक्रमित थपिएका हुन्।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ।

गत २४ घण्टामा ४९९ जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्केका छन्।

हालसम्म निको हुनेको संख्या १६ हजार ३१३ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्