काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेकामध्ये आजसम्म ४५ हजार ८१२ जनालाई सरकारले उद्धार गरी स्वदेश फर्काएको छ। सरकारले ५८ देशबाट उनीहरूलाई उद्धार गरी स्वदेश फर्काएको हो। विदेशमा अलपत्र परेकामध्ये सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स (युएई)बाट नेपाल फर्केका छन्।
कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार युएईबाट साउन २३ गतेसम्म १२ हजार १७५ जनालाई उद्धार गरी ल्याइएको छ। केन्द्रको तथ्यांक अनुसार कोरोनाका कारण अप्ठेरोमा परेपछि साउदी अरबबाट ६ हजार ९९७ जना स्वदेश फर्केका छन्। यसरी नै मलेसियाबाट स्वदेश फर्किनेका संख्या ६ हजार ६२० छ भने कुवेतबाट ६ हजार ३२०।
हालसम्म कतारबाट ४ हजार ७१८, बहराइनबाट ९८०, अष्ट्रेलियाबाट १ हजार ८७, ओमानबाट ४९२, इजरायलबाट २५, साइप्रसबाट १०२, फिलिपिन्सबाट २०१, म्यानबारबाट २६, कम्बोडियाबाट ३३, सिंगापुरबाट २६४, थाइल्याण्डबाट ३२६, बंगलादेशबाट ८४१, अफगानिस्तानबाट ३३, श्रीलंकाबाट ५ र माल्दिभ्सबाट ७०९ जनाको उद्धार गरी स्वदेश फर्काइएको छ।
यस्तै, पाकिस्तानबाट ७२, चीनबाट २०८, हङकङ र मकाउबाट ८९, दक्षिण कोरियाबाट ७२०, जापानबाट १ हजार २३, अमेरिकाबाट ५९१, क्यानडाबाट ३८, डेनमार्कबाट २१, फिनल्याण्डबाट १९, नर्वेबाट २०, स्वीडेनबाट १३, अर्मेनियाबाट २, जर्मनीबाट ४७, पोल्याण्डबाट ५, चेक गणतन्त्रबाट २, स्विट्जरल्याण्डबाट ५, इटलीबाट ३९, बेल्जियमबाट ९ र नेदरल्याण्ड्सबाट ३० जनालाई उद्धार गरी ल्याइएको छ।
सरकारले अष्ट्रियाबाट ३, ग्रिसबाट ३९, स्पेनबाट १३, फ्रान्सबाट १९, पोर्चुगलबाट ५, बेलायतबाट २४४, युगाण्डाबाट ६, नाइजेरियबाट ४, सुडानबाट ५, दक्षिण सुडानबाट २५८, टिउनेसियाबाट २, ईथोपियाबाट २, सोमालियाबाट १, टर्कीबाट ९७, इरानबाट २, सेन्ट्रल अप्रिकन रिपब्लिकबाट ६८, भारतबाट ८५ र ईराबाट ३९ जनालाई उद्धार गरी ल्याएको केन्द्रले जनाएको छ।
विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २१३ देश तथा क्षेत्रमा फैलिसकेको छ। विश्वभर कोरोना महामारी फैलिएपछि सरकारले विभिन्न देशमा अलपत्र परेकाहरूलाई उद्धार गरेर ल्याएको हो।
" /> काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेकामध्ये आजसम्म ४५ हजार ८१२ जनालाई सरकारले उद्धार गरी स्वदेश फर्काएको छ। सरकारले ५८ देशबाट उनीहरूलाई उद्धार गरी स्वदेश फर्काएको हो। विदेशमा अलपत्र परेकामध्ये सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स (युएई)बाट नेपाल फर्केका छन्।कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार युएईबाट साउन २३ गतेसम्म १२ हजार १७५ जनालाई उद्धार गरी ल्याइएको छ। केन्द्रको तथ्यांक अनुसार कोरोनाका कारण अप्ठेरोमा परेपछि साउदी अरबबाट ६ हजार ९९७ जना स्वदेश फर्केका छन्। यसरी नै मलेसियाबाट स्वदेश फर्किनेका संख्या ६ हजार ६२० छ भने कुवेतबाट ६ हजार ३२०।

">