काेराेना संक्रमणबाट विराटनगरमा थप एकजनाकाे मृत्यु

विराटनगर। विराटनगरमा एक काेराेना संक्रमितको आज मृत्यु भएको छ।

कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजिटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले बताए।

विराटनगर-९ निवासी ती व्यक्ति एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित थिए।

शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया सुरू गरिएको मेसु डा. दासले बताए।

विराटनगरमा संक्रमणबाट आजसम्म तीनजनाको मृत्यु भएको छ। रासस