जनकपुर। गलत समूहको रगत चढाउँदा एक सुत्केरीको मृत्यु भएपछि जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।
जनकपुर–६ स्थित रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान मृत्यु भएको थियो। उनको मृत्यु गलत समूहको रगत चढाएकै कारण भएको परिवारको दाबीपछि चिकित्सकद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। चिकित्सकहरूको नाम खुलाइएको छैन।
बिहीबार बेलुकी ९ बजे शल्यक्रिया गरेर गङ्गादेवीको छोरी जन्मिएको थियो। शल्यक्रिया गरिएको कारण महतोलाई रगतको अभाव भएको थियो। चिकित्सकले उनका आफन्तलाई ‘ओ पाजिटिभ’ समूहको रगतका लागि नमूनासहित पठाएको थियो ।
जनकपुरस्थित रक्त सञ्चार केन्द्रले ओ पोजिटिभ समूहको रगत दिनुपर्नेमा बी पोजिटिभ समूहको रगत दिएको बताइएको छ। मृतकका पति राजकुमारले ल्याएको सो रगतलाई चिकित्सकले जाँच नगरी चढाउँदा समूह फरक परेपछि नकारात्मक असरले मृत्यु भएको बताइएको छ।
अस्पताल र रेडक्रसको चरम लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तले कडा कारवाहीका साथै क्षतिपूर्तिको माग गरेका छन्।
रासस
" /> जनकपुर। गलत समूहको रगत चढाउँदा एक सुत्केरीको मृत्यु भएपछि जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।जनकपुर–६ स्थित रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान मृत्यु भएको थियो। उनको मृत्यु गलत समूहको रगत चढाएकै कारण भएको परिवारको दाबीपछि चिकित्सकद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। चिकित्सकहरूको नाम खुलाइएको छैन।

">