काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीसहितकाे काेराेना परीक्षण रिपाेर्ट 'नेगेटिभ' आएकाे छ।
प्रधानमन्त्री ओली, उनका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियाे।
आज गरिएकाे परीक्षणबाट सबैकाे रिपाेर्ट नेगेटिभ देखिएकाे बालुवाटार स्राेतले जानकारी दिएकाे छ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी तथा प्रदेश २ का मन्त्रीलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्रीलगायतको पीसीआर गरिएको हो। दाहालकाे सुरक्षार्थ खटिएका १० प्रहरीमा बिहीबार कोरोना संक्रमण देखिएकाे थियाे।
" /> काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीसहितकाे काेराेना परीक्षण रिपाेर्ट 'नेगेटिभ' आएकाे छ।प्रधानमन्त्री ओली, उनका मुख्य सल्लाहकार विष्णु रिमाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियाे।

">