कोभिड-१९ बाट एकैदिन पाँचजनाको मृत्यु, नेपालमा मृत्यु संख्या ७० पुग्यो <p>काठमाडौं। पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट पाँचजनाको मृत्यु भएको छ।</p> <p>यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७० पुगेको छ।</p> <p>स्वास्थ्य मन्त्रालयका अनुसार पर्साका ४५, ७९ र ५७ वर्षीय पुरुषको कोभिड&ndash;१९ बाट मृत्यु भएको हो।</p> <p>त्यस्तै सिराहाका २५ वर्षीय र सर्लाहीका ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्