काठमाडौं। बाँकेमा निषेधाज्ञा उल्लङ्घन गर्ने करिब २०० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ। बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा जारी निषेधाज्ञा कार्यान्वयन गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफै फिल्डमा खटेर आदेश अवज्ञा गर्नेलाई कारवाही गर्न थालेका छन्।
यसै क्रममा आज बिहानदेखि निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगञ्जको विभिन्न स्थानमा होल्डिङ गरी राखिएको छ। केहीलाई क्वारेन्टिन पठाइएको पनि प्रहरी प्रमुख रानाले जानकारी दिए। निषेधाज्ञाको अटेरी गर्ने, पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर सङ्क्रामण रोग ऐनअन्तर्गत १०० रुपैयाँ जरिवाना लिएर छाडिएको छ।
नेपाल–भारत सीमा नाका जोडिएको बाँकेमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकोे सङ्ख्या ५०० नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँके जिल्लाका ४९८ र अन्य जिल्ला घर भई बाँकेमा कार्यरत चारसहित जिल्लाभित्र सङ्क्रमित हुनेको सङ्ख्या ५०२ पुगेको छ।
बाँकेमा २ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ। तीन सय ९८ जना कोरोनामुक्त भई घर गएका छन्। अब विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका चार गरी १०२ जना उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।
रासस
" /> काठमाडौं। बाँकेमा निषेधाज्ञा उल्लङ्घन गर्ने करिब २०० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ। बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा जारी निषेधाज्ञा कार्यान्वयन गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफै फिल्डमा खटेर आदेश अवज्ञा गर्नेलाई कारवाही गर्न थालेका छन्।यसै क्रममा आज बिहानदेखि निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगञ्जको विभिन्न स्थानमा होल्डिङ गरी राखिएको छ। केहीलाई क्वारेन्टिन पठाइएको पनि प्रहरी प्रमुख रानाले जानकारी दिए। निषेधाज्ञाको अटेरी गर्ने, पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर सङ्क्रामण रोग ऐनअन्तर्गत १०० रुपैयाँ जरिवाना लिएर छाडिएको छ।

">